बेंग्लोरसंग मुम्बई २ विकेटले पराजित
वि.सं.२०७७ चैत २८ शनिवार
shares
चेन्नई – रोयल च्यालेन्जर्स बेंग्लोरले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) काे १४ औं संस्करणमा विजयी सुरुवात गरेको छ ।
१ सय ६० रनको विजयी लक्ष्य पछ्याएको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
बेंग्लाेरका लागि ए बि डीभिलियर्स २७ बलमा ४ चौका र २ छक्का सहित ४८ बनाए । अन्तिम दुई बलमा जितको लागि दुई रन चाहिएकाे अवस्थामा हर्षल पटेलले एक रन जोड्दै बेंग्लोलाई रोमाञ्चक जित दिलाएका थिए ।
छैटौं ओभरको पाँचौं बलमा ट्रेन्ट बोल्टले रजत पातिदरलाई ८ रनमा बोल्ड आउट गरे । तेस्रो विकेटका लागि विराट कोहली र ग्लेन म्याक्सवेलले ५२ रनको साझेदारी गर्दै इनिङलाई उकासेका थिए । कोहलीलाई १३ औं ओभरको तेस्रो बलमा जस्पित बुमराहले ३३ रनमा एलबिडब्लू आउट गरे ।
ग्लेन म्याक्सवेल २८ बलमा ३ चौका र २ छक्का सहित ३९ रनमा क्याच आउट भए । म्याक्सवेललाई दक्षिण अफ्रिका युवा तीव्र गतिका बलर मार्को जानसेनले क्रिस लिनबाट क्याच आउट गराएका थिए । मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । मार्को जानसेनले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । कुनाल पाण्डे र ट्रेन्ट बोल्टले १-१ विकेट लिए ।
एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । मुम्बईका ओपनर क्रिस लिनले सर्वाधिक ४९ रनको बनाए । कप्तान रोहित शर्मा १९ रनमा रन आउट हुन पुगे । कप्तान विराट कोहलीको थ्रोमा चहलले रोहितलाई रन आउट गरेका थिए ।
मुम्बईले दोस्रो खेल १३ अप्रिलमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । बेंगलोरले आफ्नो दोस्रो खेल १४ अप्रिलमा सनराइजर्स हैदराबादसँग खेल्ने छ ।




























