२४ घण्टामा ३ सय बढी संक्रमित थपिए

1.3K
shares

 

काठमाडौं,पछिल्लो २४ घण्टामा ३ सय बढी संक्रमित थपिएका छन्। तीन हजार ५ पाँच सय ३२ वटा नमूनाको पीसीआर परीक्षणमा ३ सय ३७ जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

काठमाडौं उपत्यकामा १ सय ४० जनामा संक्रमण भेटिएको छ। तीमध्ये काठमाडौंमा १ सय १६, ललितपुरमा २० र भक्तपुरमा चार जनामा संक्रमण देखिएको छ।

 

यस्तै उपत्यका बाहिर चितवनमा ३३ बाँकेमा २० जनामा संक्रमण देखिएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या २८०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

पछिल्लो पटक कोरोनाका कारण देशभर एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ३९ पुगेको छ। थप १ सय ५१ जना संक्रमणमुक्त भएका छन्।

 

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ८८६ पुगेको छ। सरकारले हालसम्म १८ लाख ३५ हजार २ सय ६३ जनामा कोरोनाविरुद्धको खोप लगाएको मन्त्रलायले जनाएको छ।

civil hospital
Hams Hospitals