शीर्ष स्थानकाे सिटी घरेलु मैदानमा पराजित

12.3K
shares
Nabil bank

प्रिमियर लिगको शीर्ष स्थानकाे म्यानचेष्टर सिटी घरेलु मैदानमै लिड्स युनाइटेडसँग पराजित भएको छ ।

 

इत्तेहाद स्टेडियममा भएको खेलको ४२औं मिनेटमा स्टुअर्ट डल्लासले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा लियम कुपरले रातो कार्ड पाएपछि लिड्स दश खेलाडीमा समेटियो ।

 

दोस्रो हाफमा दुवै टोलीले एक एक गोल गर्‍यो । ७६औं मिनेटमा फेरान टोरेसले सिटीका लागि बराबरी गोल गरे । तर दश खेलाडीमा सिमित लिड्सका डल्लासले खेलको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै २-१ को जित दिलाए । जित संगै लिड्स ३१ खेलबाट ४५ अंकसहित १०औं स्थानमा छ ।

 

भन्ने हारका बाबजुद सिटी ३२ खेलबाट ७४ अंकसहित शीर्ष स्थानमा कायमै छ । ३० खेलबाट ६० अंक जोडेको म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x