”एल क्लासिको” : घरेलु मैदानमा मड्रिड विजयी
वि.सं.२०७७ चैत २९ आइतवार
shares
एजेन्सी : दुई ठूला स्पेनिस महारथी क्लब रियल मड्रिड र बार्सिलोनाबीच सम्पन्न “एल क्लासिको´´ मा रियल मड्रिड घरेलु मैदानमा विजयी भएको छ ।
रियलले बार्सिलोना माथि २-१ गोलको जित निकाल्दै शीर्ष स्थानमा कब्जा जमाएकाे हो ।
रियलको जितमा करिम बेन्जेमा र टोनी क्रुसले १/१ गोल गरे। बार्सिलोनाका लागि भने ओस्का मिङ्गेजाले एक सान्त्वना गोल गरे ।
खेलको १३औं मिनेटमा बेन्जेमाको गोलबाट आग्रता बनाएको रियलले २७औं मिनेटमा क्रुसको गोलबाट २-० गोलको अग्रता बनाएको थियो ।
रियलले ६०औं मिनेटमा गोल खान पुगेको थियो । त्यस्तै खेलको अन्तिम मिनेटमा रियल १० खेलाडीमा समेटिएको थियो । रियलका क्यासिमेरोले दोहोर पहेँलो कार्ड खादै मैदान छाडेका थिए ।
जित सँग रियल ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । ३० खेलबाट ६६ अंक बनाएको रियलले दोस्रो स्थानको एथ्लेटिलाई अंक बराबरी बनाएकाे छ । त्यस्तै यता पराजित बार्सिलोनाको भने समान ३० खेलबाट ६५ अंकसहित तेस्रो स्थानमा झरेको छ ।
यो सँगै रियलले “एल क्लासिको´´ मा लगातार तेस्रो जित निकालेको छ । यी सबै ला लिगा अन्तर्गतका खेलहरु पर्दछन् । यस अघिल्लो रिलले पहिलो लेगमा ३-१, त्यस्तै अघिल्लो सिजनको दोस्रो लेगमा २-० गोलको जित निकालेको थियो ।
त्यस्तै बार्सिलोनाका कप्तान लियाेनल मेस्सी रोनाल्डोले रियल छाडेपछि एल क्लासिकोमा लगातार गोल विहिन बनेका छन् ।
































