आजबाट २०७८ साल सुरु

11.9K
shares
Nabil bank

 

काठमाडौं । आजबाट २०७८ साल सुरु भएको छ । नयाँ वर्षको शुभाराम्भसँगै एकआपसमा शुभकामना आदानप्रदान गरेर मनाईँदैछ ।

 

कोरोना संक्रमणको दोस्रो लहरका कारण नयाँ वर्ष विगत वर्षको जस्तो व्यापक जमघट र मनोरञ्जनात्मक कार्यक्रमहरु भने कम भएका छन् ।

 

विशेषगरी सामाजिक सञ्जालमा शुभकामना आदानप्रदान गरिरहेका छन् ।

 

नयाँ वर्षको अवसर पारेर पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रमा भीडभाड बढी छ ।

 

त्यस्तै, नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेका दिन विभिन्न मठमन्दिर, चैत्य र गुम्बामा पूजाअर्चना गरेर भगवानको आराधना गर्नेहरु पनि छन् ।

 

कोरोना कहरका बीच बितेको २०७७ को बिदाई गर्दै २०७८ नयाँ उत्साह, उमंग र उर्जाका साथ चुनौतीका सामना गर्न सकौं । सबै सबै नेपालीहरुमा यही शुभकामना शुभकामना ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x