नायिका ऋचा शर्मा गर्भवती

1.9K
shares

नेपाली सिने जगतकी चर्चित नायिका तथा कमेडि च्याम्पियन्सकी जज ऋचा शर्मा गर्भवती भएकी छिन् ।

नयाँ वर्षको मौका पारेर ऋचा शर्माले बुधबार बिहानै यसबारे सामजिक सन्जाल मार्फत जानकारी दिएकी हुन् ।

ऋचाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुकाउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभाष भइरहेको छ । ’

प्रशंसकमाझ यो कुरा बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको पनि उनले बताएकी छिन् । उनका अनुसार एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो ।

आफूभित्र हुर्किरहेको नयाँ जीवनको स्वागत गर्नका लागि ऋचा र उनका श्रीमान् दिपेक्ष विक्रम राणाले आफ्नो घरको दैलोमा सजीवनको रुख पनि रोपेका छन् । यसबारे उनी लेख्छिन्, ‘यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरु सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु ।’

 

यो क्रममा उनले आफ्नी दिवंगत आमालाई पनि सम्झिएकी छिन् । आफ्नो स्टेटसको सुरुमा नै उनले लेखेकी छिन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस् । आज त्यही कुरा स्मरणमा आइरहेको छ ।’

 

त्यसपछि अन्तिममा उनी लेख्छिन्, ‘मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई’ ।’

civil hospital
Hams Hospitals