पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि
वि.सं.२०७८ वैशाख ३ शुक्रवार
1.2K
shares
shares
काठमाडौं, । पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
देशभर थप २ सय ८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन्
पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस संगै हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ ।




























