त्रिकोणात्मक अन्तराष्ट्रिय टी २० सिरिजमा नेपालसंग नेदरल्याण्ड्सलाई नौ विकेट पराजित
वि.सं.२०७८ वैशाख ४ शनिवार
shares
नेपालले त्रिकोणात्मक अन्तराष्ट्रिय टी २० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको छ । अाेपनर कुशल भुर्तेल र आशिफ शेखले कीर्तिमानी साझेदारी गरेपछि सहजै जित हासिल गरेकाे हाे ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३६ रन बनायो । पाहुना टिम नेदरल्याण्ड्सले सुरुवातबाट नै कमजोर देखियाे । उसको स्कोर ११ रन हुँदा नेपालले पहिलो विकेट लिन सफल भयो । उसका म्याक्स ओडोडलाई सन्दिप लामिछानेले १० रनमा आउट गरे । त्यसपछि डच टिमको स्कोर १२ रन हुँदा दोस्रो विकेट झर्यो । यसपटक नेपालका लागि सोमपाल कामीले विकेट लिन सफल भए । डच टिमका बेन कुपरलाई सोमपालले खाता खोल्न दिएनन् ।
तेस्रो विकेटका लागि बाड डी लिड र कप्तान पिटर सेलारले ६१ रनको साझेदारी गरेको थिए । तर यो खेलबाट अन्तराष्ट्रिय टी २० क्रिकेटमा डेब्यु गरेका साहब आलमले यो पार्टनरसिपलाई तोड्न सफल भए । जसमा उनले स्कोट इडवार्डलाई ३० रनमा साहब आलमको हातबाट क्याच आउट गराए । जसका कारण नेदरल्याण्ड्सले ७३ रनमा तेस्रो विकेट गुमायो । साहब आलम आफ्नो डेब्यु खेलमा केहि महंगो सावित भए । उनले चार ओभरमा ४५ रन खर्चिएर एक विकेट लिए ।
नेदरल्याण्ड्सको स्कोर ९९ रन हुँदा चौथो विकेट झर्यो । सन्दिप लामिछानेले बास डी लिडलाई ४१ रनमा कुशल भुर्तेलको हातबाट क्यान आउट गराए ।
कप्तान पिटर सेलारले २२, एन्टोनिउस स्टालले २० रनको योगदान गरे । उनीहरुले पाँचौ विकेटका लागि ३६ रनको साझेदारी गरे ।
बलिङमा सन्दिपले दुई विकेट , साहबले एक यस्तै सोमपाल कामीले एक विकेट लिए । सन्दिपले चार ओभरमा २२ रन खर्चिएर दुई विकेट लिए । उनको घरेलु मैदानमा खेलेको यो पहिलो अन्तराष्ट्रिय खेल हो । जसमा उनले कसिलो बलिङ गर्न सफल भए ।
सोमपालले चार ओभरमा मात्र १३ रन खर्चिएर एक विकेट लिए भने करण केसीले चार ओभरमा २२ रन खर्चिएर विकेट लिन सकेनन् । यस्तै अभिनाश बोहराले चार ओभरमा २५ रन खर्चिएर विकेट विहिन बने ।
उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनरद्धय कुशल भुर्तेल र आशिफ शेख टी २० क्रिकेटमा एक सय १६ रनको कीर्तिमानी साझेदारी गर्न सफल भए । नेपालका लागि अन्तराष्ट्रिय टी २० क्रिकेटको डेब्यु खेलमा नै आशिफ शेखले अर्धशतक बनाएका छन । उनले बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै टी २० अन्तराष्ट्रिय क्रिकेटको पहिलो अर्धशतक बनाए ।
यी दुई युवा खेलाडीले सन् २०१९ मा भुटानविरुद्ध पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो किवेटका लागि बनाएको एक सय आठ रनको रेकर्डलाई तोड्न सफल भए ।
यो क्रमममा कुशलले ६२ रन बनाए भने आशिफले पनि ३६ बलमा चार चौका र चार छक्काको मद्दतले अर्धशतक पुरा गरे । उनले ४६ रनमा खेलिरहेको अवस्थामा छक्का प्रहार गरेर अर्धशतक बनाएका थिए । उनले ३८ बलमा चार चाैका र चार छक्का प्रहार गर्दै ५४ रनमा अविजित रहे ।
































