असंवैधानिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारी: प्रचण्ड

1.3K
shares

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंवैधानिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा रहेको बताएका छन ।

 

वर्तमान सरकार निरङ्‌कुश र असंवैधानिक भएको भन्दै उनले आफूहरु त्यसलाई ठेगान लगाउने अन्तिम तयारीमा रहेको बताएका छन । चितवनको माढीमा आइतबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘निरङ्‌कुश, स्वेच्छाचारी, अलोकतान्त्रिक र असंवैधानिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा हामी छौं ।’

 

‘कर्णालीमा के भयो ? तपाई हामीले देखेका छौं । कर्णाली सरकार अपदस्थ गर्ने केपी ओली र उनको गुटको दुस्साहसको के नतिजा निस्कियो, तपाई हामीले देखेका छौं । गण्डकी के हुँदैछ तपाईँ हामीले देखेका छौं र लुम्बिनी प्रदेशमा के हुँदैछ, तपाई हामीले देख्दैछौं ।’

 

केन्द्रमा पनि संसद विघटनविरुद्ध सडकमा गएका दलहरु मिलेर जनपक्षीय र मुद्दामा आधारित सरकार बनाउनुपर्ने उनले बताएका छन । चितवनबाट काठमाडौं गएलगतै दलहरुको बैठक बस्ने भन्दै प्रचण्डले भने, ‘मलाई लाग्छ, केन्द्रमा नै केहीदिनमा एउटा नयाँ कायापलट हुनैपर्छ, हुँदैछ ।’

civil hospital
Hams Hospitals