पञ्जावविरुद्ध दिल्ली क्यापिटल्सको जित

15.4K
shares
Nabil bank

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किङ्ग्समाथि जित हासिल गर्दै महत्त्वपूर्ण २ अंक जोडेको छ । जितसँगै दिल्ली अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । तीन खेल खेलिसकेको दिल्लीको यो दोस्रो जित हो भने पञ्जावको तीन खेलमा दोस्रो हार हो ।

आइतबार मुम्बईमा भएको खेलमा टस जितेको दिल्लीले पञ्जावलाई ब्याटिङका लागि निम्त्याएको थियो । निर्धारित २० ओभरमा पञ्जावले चार विकेटको क्षतिमा १९५ रन बनाएको थियो । १९६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ औं ओभरको दोस्रो बलमा चार विकेटको क्षतिमा जित हासिल गरेको हो ।

 

दिल्लीका लागि शिखर धवनले सर्वाधिक ९२ रनको योगदान गरे । ४९ बल सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै पृथ्वी शाले ३२, रिसभ पन्तले १५, मार्कस स्टोइनिसले २७ र ललित यादवले १२ रन बनाए ।

पञ्जावका लागि प्रारम्भिक ब्याट्सम्यानद्वय मयंक अग्रवाल र केएल राहुलले शानदार प्रदर्शन गर्दै शतकीय साझेदारी गरेका थिए । दुवैले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरे । आइतबार नै जन्मदिन सेलिब्रेसन गरेका कप्तान राहुलले ६१ रन बनाए भने अग्रवालले ६९ रन बनाए ।

 

क्रिस गोल ११ रन बनाएर बाहिरिए भने निकोलस पुरनले ९ रनमात्र बनाउन सके । दिपक हुडाले २२ र शाहरुख खानले १५ रन बनाए । दिल्लीका लागि कगिसो रबाडा, क्रिस वोकस, लुकमान मेरीवाला र अविश खानले एकएक विकेट लिए ।
civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x