प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु
वि.सं.२०७८ वैशाख ८ बुधवार
shares
काठमाडौं । नेकपा एमाले विभाजनको उत्कर्षमा पुगिरहेको बेला बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता शुरू भएको छ ।
नागपोखरीस्थित होटल मेरियटमा अर्थमन्त्री विष्णु पौडेलसहितको वार्ता शुरू भएको हो ।
आज दिउसो मात्र नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक संवाद गर्न सुझाव दिनुभएको थियो ।
अध्यक्ष ओलीले पूर्व प्रधानमन्त्री नेपाल, अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायत पार्टीका अन्य वरिष्ठ नेताहरुसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेकै बेला पार्टीका दुई शीर्ष नेताबीच भेट भएको हो।
अध्यक्ष ओलीले मंगलबार नै नेपालसहितका २७ नेतालाई ‘तपाईंहरुलाई संसदबाट किन नहटाउने ?’ भनी स्पष्टीकरण पत्र पठाउनुभएको थियो ।
नेपाल पक्षका नेताहरुलाई कारबाही गर्ने अन्तिम तयारी भइरहेको भनिएका बेला भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
नेकपा कायम रहँदा प्रचण्डसँग मिलेर नेता नेपालले गर्नुभएको सवै गलत कामलाई माफी दिएर एकतावद्ध एमाले बनाउन अन्तिम पहल गर्ने निर्णयसहित अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेता नेपालसँग बार्ता गर्नुभएको हो । आजको बार्तामा नेता नेपालले बिगतमा गरेको गल्ती अव नदोर्याउने प्रतिवद्धता जनाउनु भएमा कुरा मिल्ने स्रोतको भनाई छ ।




























