बाँकेको भेरी अस्पतालमा ४७६ वटा नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०७८ वैशाख १४ मंगलवार
1.2K
shares
shares
बाँके, बाँकेको भेरी अस्पतालमा ४७६ वटा नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रिपोर्टकोे सोमबार साँझ सार्वजनिक हुनुपर्ने भएपनि अत्याधिक नमुना भएका कारण मंगलबार मात्र सार्वजानिक गरिएको भेरी अस्पतालले जनाएको छ ।
बैशाखयता २४ घण्टा संकलन गरिएको नमुनामा यति धेरै संक्रमित थपिएको पहिलो रेकर्ड हो ।
सोमबार भेरी अस्पतालको प्रयोगशालाबाहेक अन्य २ प्रयोगशाला र सिमा नाकाको एन्टिजेन परीक्षणबाट बाँकेमा २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भेरीको समेत जोड्दा सोमबार मात्र बाँकेमा ६३९ नयाँ कोरोना संक्रमित थपिएका छन् । आज पनि उस्तै भिड लागेको छ ।




























