आज ४५२४ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

1.1K
shares

काठमाडौं । नेपालमा ४५२४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४३६४ जना र एन्टिजने परिक्षण गर्दा १६० जना गरि जम्मा ४५२४ जना नयाँ संक्रमित थपिएका हुन् ।

 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या तीन लाख ७ हजार ९२५ रहेको छ । संक्रमित मध्ये दुई लाख ७८ हजार ५०६ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ ।

 

पछिल्लो २४ घण्टामा ५५५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १८ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३१९४ पुगेको छ ।

civil hospital
Hams Hospitals