विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने नियम
वि.सं.२०७८ वैशाख १५ बुधवार
1.1K
shares
shares
काठमाडौं । सरकारले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने नियम बनाएको छ ।
विदेश जानेको पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामात्र गरिने र ती रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विदेश जाने प्रयोजन हुने कोभिड पिसिआर परीक्षण सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेको हो ।




























