सरकारले मधेस आन्दोलनसंग सम्बन्धीत १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता

1K
shares

काठमाडौं । सरकारले मधेस आन्दोलनसंग सम्बन्धीत १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

 

मन्त्री गुरुङका अनुसार नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको हो ।

 

जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो । सोही अनुसार सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको बताइएको छ ।

civil hospital
Hams Hospitals