सांसद हराएपछि कांग्रेस र माओवादीका सांसद बैठक स्थगित

1.7K
shares

कास्की । गण्डकी प्रदेशमा एमालेको सरकार ढाल्न कसिएका नेपाली कांग्रेस र माओवादीका सांसद अन्तिममा आफैँ बैठक स्थगित गरेर कुलेलाम ठोकेका छन । सांसदहरूलाइ तारे होटलमा बन्धक बनाएर एकै पटक प्रदेशसभामा हुल्दा पनि एक जना सांसद हराएपछि प्रदेशसभाको बैठक अनिश्चितकालाका लागि स्थगित भएको छ । आजै सरकार ढालेर मन्त्री पड्काउन मुख मिठाएर हिडेका कांग्रेस र माओवादीका सांसद यतिखेर निरीह बन्न पुगेका छन ।

 

राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको हो । बुधबार ४ः३० बजे अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूचीमा रहेकोमा सभामुख नेत्रनाथ अधिकारीले एक पक्षीय रूपमा अनिश्चितकालाका लागि बैठक स्थगित गरेका हुन । राष्ट्रिय जनमोर्चाका ३ सांसदमध्ये शाही सम्पर्कविहीन भएका थिए भने स्वतन्त्र सांसद दीपक मनाङ्गेले मनाङका जनताको भावना विपरित नजाने भन्दै बैठकमा अनुपस्थिति जनाएका थिए ।

civil hospital
Hams Hospitals