नेपालमा आज थप १७ जना संक्रमितको मृत्यु

972
shares

काठमाडौं । बुधबार नेपालमा थप १७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुने संक्रमितको कुल संख्या ३ हजार २११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै पछिल्लो २४ घण्टाभित्र थप ४ हजार ७ सय ७७ जनामा संक्रमण देखिएको छ । १३ हजार ८ सय ७९ जनाको पिसिआर गर्दा ४ हजार ७ सय ७७ जना र ९ सय ५५ जनाको एन्टीजेन गर्दा १ सय २३ जनामा कोरोना पुष्टि हो ।

 

हाल सक्रिय संक्रमितको कुल संख्या ३० हजार २ सय ९ जना छ भने ५४ जना संक्रमित क्वारेन्टाइनमा छन् । त्यस्तै गत २४ घण्टामा ७७३ जना उपचारपछि कोरोनामुक्त भएका छन् ।

civil hospital
Hams Hospitals