उपत्यकामा आजदेखि निषेधाज्ञा सुरु ,यस्ता छन् बन्द हुने र खुल्ने सेवा ?

1.3K
shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा सुरु भएको छ । आज बिहान ६ बजेदेखि दुई साताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

 

कोरोना संक्रमण बढेसंगै सोमबार काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयले एक साता निषेधाज्ञा लागु गर्ने निर्णय गरेको थियो । त्यसपछि मन्त्रिपरिषदको बैठकले १ साताले मात्र कोरोना संक्रमण कम नहुने भन्दै १५ दिनको निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

 

 

यस्ता सेवा सञ्चालन हुने छन

एम्बुलेन्स, शववाहन, दमकल ।

सुरक्षा निकायका सवारीसाधन ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन ।

फोहोरमैला व्यवस्थापनको सवारीसाधन ।

अनुमति लिएका सवारीसाधन ।

विदेश जानेलाई विमानस्थलसम्म लैजाने सवारीसाधन ।

खाद्यान्न पसल (बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म) ।

सरकारी, बैङ्क, वित्तीय संस्था तथा अत्यावश्यक सेवाका कर्मचारी ।

पत्रकार, स्वास्थ्यकर्मी परिचयपत्रको आधारमा ।

डिपार्टमेन्ट स्टोर ग्रोसरी मात्र १० बजेदेखि ५ बजेसम्म ।

खानेपानी, स्वास्थ्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, दूरसञ्चार, इन्टरनेट क्वारेन्टाइन, आइसोलेसनलगायतका साधन सञ्चालन गर्न पाइने छ ।

यस्ता सेवा बन्द हुने छन

होटल तथा रेस्टुरेन्ट (होम डेलिभरि मात्र) ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र ) ।

लामो तथा छोटो दूरीका सवारीसाधन ।

तोकिएका बाहेक सबै निजी सवारीसाधन ।

अत्यावश्यक तथा वित्तीयबाहेक सबै निजी व्यवसाय ।

खाद्यान्नबाहेकका सबै पसल तथा व्यवसाय ।

अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा ।

civil hospital
Hams Hospitals