थप सात जिल्लामा निषेधाज्ञा

1.1K
shares

काठमाडौ : नया लक्षण सहितको कोराना भाइरस संक्रमणको दोस्रो लहर सुरुसँगै तीव्र रुपमा संक्रमित संख्या बढ्न थालेपछि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लगाउनेक्रम जारि छ ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार बैशाख १६ बाट १३ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञाको निर्णय भएएता कोरोनाको बड्दो जोखिम संगै निषेधाज्ञा गर्ने जिल्लाको संख्या थपिदै छ।

सरकारले संक्रमणको अवस्था हेरेर लकडाउन तथा निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई अनुमति दिएसङै शुक्रबार बिहानसम्म मुलुकका ७७ जिल्लामध्ये १६ जिल्ला पूर्णरुपमा बन्द छन् भने थप ४ जिल्लामा निषेधाज्ञा लगाउने तयारी छ । दाङमा शुक्रबार बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भैसकेको छ भने पाल्पा र सुनसरीमा राति १२ बजेबाट तथा जाजरकोटमा शनिबार राति तथा सल्यानमा आइतबार बिहान ६ बजेबाट निषेधाज्ञा सुरु हुने भएको छ ।

शुक्रबारसम्म पूर्ण तथा आंशिक गरी २० जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । पूर्णरुपमा निषेधाज्ञा लागेका जिल्लामा काठमाण्डौं, भक्तपुर, ललितपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, चितवन, दाङ, पाल्पा, सल्यान, सुनसरी, जाजरकोट, र रुपन्देही गरी १६ जिल्लामा जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।
बागलुङ, कालिकोट र बर्दिया र दार्चुला गरी चार जिल्लामा भने आंशिक निषेधाज्ञा लागू भएको छ । ती जिल्लाका निश्चित क्षेत्रमा मात्र लकडाउन लगाइएको छ । बागलुङ र कालिकोटको लकडाउन अवधी शुक्रबार बेलुका १२ बजेबाट समाप्त हुँदैछ भने बर्दियामा लगाइएको निषेधाज्ञा १९ गते आइतबार सकिनेछ ।

civil hospital
Hams Hospitals