लकडाउनको घोषणा पछि नेपाली सेयर बजार क्रमश उकालो लाग्दै

1.3K
shares

काठमाडौं । लकडाउनको घोषणा पछि नेपाली सेयर बजार क्रमश उकालो लाग्दै गएको देखिएको छ।

 

निषेधाज्ञाको केहि दिन अघि भने नेपाल स्टक एक्सजेन्ज (नेप्से)मा भारी गिरावट देखा परेको थियो। लकडाउनका बीच पनि सेयर बजार बन्द नहुने भएपछि लगानीकर्तामा उत्साह देखिएको हो।

 

निषेधाज्ञाको चौथो दिन आज नेप्सेमा ५४ अंकको वृद्धि देखिएको छ। नेप्से अघिल्लो दिन भन्दा आज ५३.९९ अंक अर्थात २ प्रतिशतले बढेर २६६५.११ को बिन्दुमा बजार बन्द भएको छ।

 

‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज ८.७८ अंकले बढेर ४७७.८१ को बिन्दुमा पुगेको छ।

 

यसदिन नेप्सेका सबे उपसूचकहरुमा हरियाली छाउँदा नेप्सेको दैनिक कारोबार रकममा पनि वृद्धि भएको छ। आज ७ अर्ब माथिको कारोबार भयो। पछिल्ला दिनमा यो खुम्चिएको कारोबार रमक आइतबार भने वृद्धि भएको हो।

 

सिंगटी हाइड्रो, महिला लघुवित्त र विशाल बजार कम्पनीको सेयरमूल्यमा आज सर्वाधिक १० प्रतिशतको वृद्धि भएको छ।

 

श्री इन्भेस्टमेन्ट फाइनान्स लिमिटिड, नेपाल हाइड्रो डेभलर्स लगायत केहि कम्पनीको सेयर मूल्य भने घटेको छ।

civil hospital
Hams Hospitals