अभिनेत्री शनाया पक्राउ, भाईको हत्या गरि शहरको विभिन्न क्षेत्रमा शवको टुक्रा फालेको आरोप

1.4K
shares

काठमाडौं । भारतीय अभिनेत्री शनाया कटवे पक्राउ परेकी छन् । उनलाई हुबली ग्रामीण प्रहरीले आफ्नै भाईको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार शनायाले भाई राकेश कटवेको हत्या गरेर उनको शवलाई टुक्राई शहरको विभिन्न क्षेत्रमा फालेकी थिइन् । राकेशको शवलाई प्रहरीले जंगलमा फेला पारेको भारतीय मिडियाले जनाएको छ ।

 

रिपोर्ट अनुसार शनाया नियाजअहमद कटिगरसँग प्रमे सम्बन्धमा थिइन् । उनको भाई राकेश उनीहरुको प्रेमको विरोधमा थिए । यही कारण शनाया र कटिगरले राकेशलाई मार्ने योजना बनाएका थिए । घटनाको विस्तृत विवरणको बारेमा ग्रामीण प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

civil hospital
Hams Hospitals