Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

इ–सेवामा बैंक खाता लिंक गर्न सकिने नयाँ फिचर

1.6K
shares

काठमाडौं । भुक्तानी सेवा प्रदायक ‘इ–सेवा’ प्रयोगकर्ताले इ–सेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन्।

योसँगै आफूले चाहेको बैंक खातामा इ–सेवा खाता लिंक गरी अझ ढंगले इ–सेवा खातामा रकम लोड गर्न सकिनेछ।

अब इ–सेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाईल बैंकिङ मार्फत अझ सहज ढंगले इ–सेवामा रकम लोड गर्न सक्नेछन्।

आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए।

civil hospital
Hams Hospitals