skip this Bajaj motar bike

घाटामा रहेको रिपोर्ट आएपछि चन्द्रागिरी हिल्सको सेयर मूल्यमा भारी गिरावट

2K
shares

काठमाडौं । केवुलकार कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ।

सो कम्पनीले सार्वजनिक गरेको रिपोर्ट हेर्दा चालु आर्थिक वर्षको चैत १८ गतेसम्ममा कम्पनी १८ करोड ११ लाख रुपैयाँ घाटामा रहेको देखिएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको घाटा १५ करोड ९३ लाख रुपैयाँ बढेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १८ लाख रुपैयाँमात्र नोक्सानी व्यहोरेको थियो।

सञ्चालन आम्दानीसँगै अन्य आम्दानीहरु घटेपछि कम्पनीको घाटा चुलिएको हो। कोरोना महामारीका कारण कम्पनीले नोक्सानी बेहोर्नुपरेको जनाएको छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ। जगेडा कोष ३२ करोड नोक्सानमा छ। त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ ९ पैसा मात्रै छ।

कम्पनी घाटामा रहेको रिपोर्ट सार्वजनिक भएपछि सोमबार सेयर बजारमा चन्द्रागिरीको सेयर मुल्यमा भारी गिरावट आएको छ।

आज नेप्सेमा सबैभन्दा धेरै गुमाउने चन्द्रागिरी हिल्सका लगानीकर्ता छन्। सो कम्पनीको प्रतिशेयर मूल्य २२९ रुपैंयाले घटेर २१८० कायम भएको छ।

civil hospital
Hams Hospitals