निषेधाज्ञाको ८ औ दिन : उलंघन गर्नेलाई सय रुपैया जरिवाना

14.9K
shares
Nabil bank

दोश्रो चरणको निषेधाज्ञाको पहिलो दिन काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा उंलघन गर्नेलाई जरिवाना गरिएको छ।

काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा विहिबार निषेधाज्ञा उलंघन गर्नेहरु माथि जिल्ला प्रशासन कार्यालयको रसिदमा प्रति व्यक्ति १ सय रुपैया जरिवाना लिईएको हो।

संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय रुपैयाँ जरिवाना गरेको महानगरीय प्रहरी परिसर टेकूका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) रमेश बस्नेतले जानकारी दिए।

उनका अनुसार, विहिबार काठमाण्डौ उपत्यकामा मात्रै निषेधाज्ञा उलंघन गर्ने १ सय बढीलाई जनही १ सय रुपैयाका दरले जरिवाना गरिएको छ । त्यसैगरी, ६ सय ४९ जना पुरुष र २ सय २३ जना महिलालाई होल्डिङमा राखिएको छ । निषेधाज्ञा उलंघन गर्ने २ सय ७० चार पाङग्रे सवारीसाधन र ६ सय ९८ दुई पाङग्रे सवारीसाधन लाई पनि होल्डिङमा राखिएको प्रवक्ता बस्नेतले जानकारी दिए।

प्रहरीले १६ गतेदेखि आज २३ गते सम्म निषेधाज्ञा उलंघन गर्ने ७ हजार ६४ पुरुष र २ हजार ९ सय ३८ जना महिला तथा ४ हजार २ सय ३१ चार पाङग्रे सवारीसाधन लाई होल्डिङमा राखिएको जनाएको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको गत मंगलबार बसेको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गर्दै २९ गते सम्मका लागि लम्ब्याएको थियो । यसअघि बैशाख १६ गते देखि २२ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणको दर बढ्दै गएपछि बैठकले निषेधाज्ञाको समय बढाएको थियो।

निषेधाज्ञामा उलंघन गर्ने क्रम बढेपछि दोश्रो चरणको निषेधाज्ञा सुरु भएकै दिन विहिबार त्यस्ता व्यक्तिबाट जरिवाना लिन सुरु गरिएको हो।

अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र स्वास्थ्य सर्तकता मापदण्डको पुर्ण पालना गर्न सबैमा अपिल गर्दै गर्दा निषेधाज्ञा उंलघन हुने क्रम पनि नरोकिएपछि जरिवाना गरिएको प्रहरीले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x