कोरोना संक्रमणबाट पत्रकार दाहालको निधन

22.9K
shares
Nabil bank

काठमाडौं, २५ बैसाख । कोरोना संक्रमणबाट पत्रकार दिनेश दाहालको निधन भएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य समेत रहेका दाहालको ४० वर्षको उमेरमा उपचारको क्रममा शनिवार बिहान निधन भएको हो।

वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए। दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए।

यसैबीच नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको भन्दै दु:ख व्यक्त गरेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x