उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश
वि.सं.२०७८ वैशाख २७ सोमवार
15K
shares
shares
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ । बैठकले नै उत्त कुराकाे निर्णय लिनेछ ।
उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप भएको अवधि २९ गते सकिंदैछ । बढदाे संक्रमण र त्यसले पर्ने असरलाई मध्यनजर गर्दै यसअघि देखि नै उपत्यकामा लकडाउन जारी गरिएको थियाे ।
Subscribe
0 Comments
Oldest
































