कोरोना ग्रस्त् मेरो गाउँ

Ghorahi cement

कोरोना ग्रस्त् मेरो गाउँ

तयार ! बस आमा बुबा दाजु भाइ परिणाम झेल्न
एहि बेला थाल्यो पालिकाले सडक बिकासको खेल खेल्न
कोरोना पोजेटिभ थाहा हुदा हुँदै गाउँ पस्ने म
दिदै छु सुझाव ! बेसार पानी ले कोरोना पेल्न ।।

 

महामारीको बेला मा बिकास को नाममा अवरोध गरे बाटो
जनचेतना फैलाउन पर्ने पालिका किन बन्दै छ लाटो
सडक बिकास मा लागेको छ जनचेतना को साट्टो
एति पनि लापरबाही नगर सरकार देखाउ कोरोना रोकथाम मा तिम्रो चासो ।।

 

खोइ देख्दिन त म कोरोना रोकथाममा पालिकाले केके पाइला चाले
कोरोना रोकथाम का लागि कुन कुन अभियान थाले
तासको खाल उठाउन लाई पठाइदेउन पाले
छिटो सुरु गर कोरोना रोकथाम मा कदम अलि प्रभावकारी खाले ।।

 

कोरोना चेक गर्न आउदा पि.सि.आर. चेक नगरी चेक गरि गय ज्वरो
चेक गर्छु भन्ने लाई पनि नगर भन्ने तिर सारे
पानी पर्नु भन्दा पनि अगाडि बिस्कुन उठाउन उपयुक्त होला
नत्र परिणाम भोग्नु पर्ला निकै भयानक खाले ।।

Nepali patro