अन्तर्राष्ट्रिय उडानमा थप प्रतिबन्ध
वि.सं.२०७८ वैशाख २८ मंगलवार
20.6K
shares
shares
नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको छ ।
प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध रहने जनाएको छ ।
यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान मात्रै रहने छन् । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् । प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ ।
यस बिचमा अन्तर्राष्ट्रिय उडानका यात्रुहरु थप समस्या पर्ने देखिन्छ । पर्वतारोहणको सिलसिलामा रहेका विदेशी पर्यटकको समेत यात्रा प्रभावित हुने भएको छ । काठमाडौंको निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याइएको छ ।
Subscribe
0 Comments
Oldest
































