चिनियाँ खोपको दोस्रो डोज लगाउन शुरु

11K
shares
Nabil bank

आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेलको दोस्रो मात्राको खाेप दिन सुरु गरिएको छ ।

यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले लगाउन पाउने छन् ।

 

काठमाडौं महानगरपालिकाको ३२ वटै वडा, कीर्तिपुर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिकामा दुई÷दुई स्थानमा खोप केन्द्रमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।

चन्द्रागिरी नगरपालिकाका तीनवटा खोप केन्द्र, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा भने एक÷एक वटा खोप राखिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

 

काठमाडौँपछि भक्तपुरमा जेठ ४ र ललितपुरमा जेठ ६ गतेबाट भेरोसेलको दोस्रो मात्राको खोप अभियान सुरु हुँदैछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x