वरिष्ठ गीतकार कार्कीकाे निधन

19.5K
shares
Nabil bank

वरिष्ठ गीतकार चेतन कार्कीकाे आज निधन भएकाे छ । नेपाली  सांगीतिक क्षेत्रमा उनका थुप्रै सिर्जनाहरु लाेकप्रिय छन् ।

 

‘नजाउन मलाई छोडी मुख मोडी दिल तोडी च्यान्टे मायालु’, ‘कान्छी ए कान्छी’, ‘बहिनीको दया छ भने, रोधी गर दाइ नाचे नभने’ लगायतका गीतहरुमा उनका सिर्जना हुन् ।

उनलाई आइतबार ज्वरो आउने समस्याका कारण अस्पताल पुर्याइएको थियो । कोरोना संक्रमण समेत पुष्टि भएका कार्कीकाे‌ अस्पतालमा नै मृत्यु भएकाे हाे ।

 

संस्कृतिका समेत ज्ञाता कार्कीको बि.सं. १९९५ कात्तिक २२ गते (सन् १९३८ नोभेम्बर ७ तारिख) मा स्याङ्जाको आरुखर्क – ९ बहाँटारीमा बुबा क्याप्टेन जुद्धवीर कार्की र माता चन्द्रमाया कार्कीको कोखबाट जन्म भएको थियो ।

 

उनले सन् १९८६ को ‘विश्वास’ नामक चलचित्रबाट निर्देशनमा डेब्यु गरेका थिए । त्यसपछि ‘भुमरी’, ‘मनको आँखा’ र ‘पहिलो प्रेम’ निर्देशन गरेका कार्कीले थुप्रै फिल्म लेखन गरे ।

राम्रो गीतकारका अतिरिक्त कार्कीका ‘आत्मा बेचेको छैन’, ‘हनीमून’ ‘ढलेको गिलास’, ‘बसिबियाँलो’लगायत थुप्रै साहित्यिक कृतिहरु प्रकाशित छन् । उनी थुप्रै विधिहरूमा उत्कृष्ठ थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x