एकैदिन ६८९१ जना कोरोना संक्रमित निको भए, ८०२३ जना नयाँ थपिए

18.3K
shares
Nabil bank

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २सय ८६ पीसीआर परीक्षण र र ६ सय ९३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो संगै नेपालमा हालसम्म ४ लाख ७६ हजार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८सय ९१ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ सय ९६ संक्रमितको मृत्यु भएको छ।

योसंगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४सय ११ पुगेको मन्त्रालयले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x