सिन्धुपाल्चोकका केहि स्थानीय तहहरुमा फैलियाे संक्रमण
वि.सं.२०७८ जेठ ४ मंगलवार
20.8K
shares
shares
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहका काेराेना संक्रमित देखिन् थालेपछि केही वडाहरु सिल गरिएको छ ।
जिल्लामा मेलम्ची नगरपालिका वडा नं. ११, पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नं. ३ र ४ तथा बलेफी गाउँपालिकाका वडा नं. ६ आजबाट सिल गरिएको हो ।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिका ३ नम्बर वडाको २० जनामा कोरोना परिक्षण गर्दा १५ जनामा पोजेटिभ देखिएपछि वडा नै सिल गरिएको वडाध्यक्ष ङिमा छिरिङ तामाङले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्ष्यण भएका अन्य व्यक्तिहरू पनि बिरामी भएकाले एक साताको लागि वडा सिल गरिएको वडाको वडाध्यक्षहरुले भनाई छ ।

कोरोना संक्रमण समुदायमा बढ्दै गएपछि सम्पुर्ण वडा बासीहरुमा अनावश्यक डिडडुल नगर्न समेत आग्रह गरिएको छ ।
Subscribe
0 Comments
Oldest
































