Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

रानीझरनामा पाँच सय सिट क्षमताको सेमिनार हल सहितको क्यानोनिङ रिसर्च सेन्टर बन्ने

1.8K
shares

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं. ६ स्थित रानीझरना क्षेत्रमा पाँच सय सिट क्षमताको सेमिनार हल सहितको क्यानोनिङ रिसर्च सेन्टर बन्ने भएको छ । नेपाल सरकारको विशेष अनुदानमा निर्माण गर्न लागिएको सो भवनको सोमबार गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा धादिङ क्षेत्र नं. १ का सांसद भुमि त्रिपाठीले शिलान्यास गर्नु भएको छ ।

५ करोड रुपियाँ लागत अनुमानमा वोलपत्र आव्हान गरिएको सो भवन ४ करोड ७ लाख रुपियाँमा गौरेश्वर निर्माण सेवा प्रा.लि. र आएनसी जेभिले निर्माणको जिम्मा पाएको छ ।

शिलान्यास समारोहमा प्रमुख अतिथि सांसद त्रिपाठीले कोभिडका बीचमा पनि विकास निर्माणका कामहरु नरोकिकन अगाडी बढाइएको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले थाक्रेको गौरवको परियोजना भएकोले समृद्धिसंग जोडेर अगाडी बढाइरहेको बताउनुभयो ।

civil hospital
Hams Hospitals