कोरोना संक्रमणबाट विश्वमा एकैदिन १२ हजार बढीको मृत्यु

Ghorahi cement

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ७ सय ६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १२ हजार ७६३ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख ४८ हजार २५१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण घट्दाे क्रममा रहेकाे देखिएकाे छ ।

हालसम्म विश्वभर १६ करोड ५५ लाख ३३ हजार ८२४ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड ५७ लाख ८८ हजार ६०२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ७ लाख भन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन् ।

बिहीवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३४ लाख ३० हजार ९८१ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ५ हजार ६५७ जनाको ज्यान गएको छ । १ लाख १४ हजार ३५८ सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ८० हजार ४१४ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ३ लाख ६० हजार ४०३ जना संक्रमित निको भइसकेका छन् ।

Nepali patro