भेरोसेल खोपको दोस्रो डोज अब प्रदेशबाटै

Ghorahi cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल खोपको दोस्रो डोज प्रदेशबाट दिने भएको छ । काठमाडौंमा पहिलो डोज लगाएका र अहिले काठमाडौं बाहिर रहेकाहरुलाई सम्बन्धित प्रदेशबाट खोप दिन लागिएको हो ।

खोप लिनका लागि सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजकलाई विवरण टिपाउनु पर्नेछ । जिल्ला स्वास्थ्य कार्यालय र प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा खोप केन्द्र र मिति तोकिने मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा खोप लगाएका तर अहिले बाहिर गएकालाई खोप लगाउनकै लागि काठमाडौं नआउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । यो प्रयोजनका लागि स्थानीय निकायलाई पास जारी नगर्न पनि मन्त्रालयले भनेको छ ।

Nepali patro