भारतमा कोरोना संक्रमित निको हुने क्रम बढ्दै

काठमाडौं । भारतमा कोरोना संक्रमित निको हुने क्रम बढ्दो छ । बुधबार ३ लाख ६८ हजार ७८८ जनालाई निको भएको निको भएका छन् । मंगलबार ३ लाख ८९ हजार ५६६ जना संक्रमितलाई निको भएको थियो ।

सोमबार पनि अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमित निको भएका थिए। बुधबार २ लाख ७६ हजार ५९ संक्रमित थपिएका छन् । लामो समयपछि लगातार चौथो दिन दुई लाखको आँकडामा संक्रमित थपिने क्रम देखिएको हो ।

गत शनिबार ३ लाख १० हजार ५८० संक्रमित थपिएका थिए । भारतमा दुई हप्ताअघिको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए ।

बुधबार ३ हजार ८७६ जनाको ज्यान गएको छ । मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो।

भारतमा अहिलेसम्म २ लाख ८७ हजार १५६ जनाको ज्यान गइसकेको छ । हाल सम्म भारतमा १८ करोड ५८ लाख ९ हजार ३०२ जनताले कोरोनाको खोप लगाइसकेका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro