कहानी फेम्ड निर्देशकसँग शाहिदको टिम अप
वि.सं.२०७८ जेठ ८ शनिवार
1.2K
shares
shares
शाहिद कपूर बलिउडको पछिल्लो समयको व्यस्त कलाकारका रूपमा चिनिन्छन् । अब उनको हातमा ‘कहानी’ फेम्ड निर्देशक सुयोज घोषको थ्रिलर चलचित्र आएको छ ।
कलाकार र निर्देशक यो विषयमा लामो समयबाट कुराकानी गरिरहेका छन् । शाहिदलाई चलचित्रको कहानी मन परेको छन् । पूर्वयोजनाअनुसार नै गएको भए चलचित्र यो समय छायाङ्कनमा हुन्थ्यो । चलचित्रको नाम अहिलेसम्म सार्वजनिक भएको छैन ।
शाहिदको २०१९ मा आएको तेलुगु चलचित्र ‘जर्सी’ को हिन्दी चलचित्र तयार छ । राज एन्ड डिकेको वेब सिरिज साथै एक मिथोलोजिकल सिरिजमार्फत् उनी निर्माताको रूपमा ओटिटी प्लेटफर्ममार्फत् आउँदैछन् ।


























