ओलीविरुद्ध डटेर लड्न १५ नेता एकजुट

1.1K
shares

नेकपा –एमाले) बाट निष्कासित माधवकुमार नेपाल पक्षका १५ जना नेताले आफुलाई गरिएको कारबाही स्वेच्छाचारी भएको बताउँदै अध्यक्ष केपी शर्मा ओलीका गतिविधि विरुद्ध डटेर लड्ने बताएका छन् ।

 

नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितका नेता एवम् सांसद गरेर ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गरिएको र १२ जनालाई स्पष्टीकरण सोधिएको प्रति आक्रोश व्यक्त गर्दै नेताहरुले त्यसलाई स्वेच्छाचारी निर्णयको संज्ञा दिएका हुन् ।

 

उनीहरूद्वारा जारी सामूहिक वक्तव्यमा भनिएको छ, “ यस्तो स्वेच्छाचारी निर्णयको हामी घोर भत्सर्ना गर्दछौँ ।”

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

civil hospital
Hams Hospitals