नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले एक महिनाका लागी निःशुल्क भिसा
वि.सं.२०७८ जेठ १५ शनिवार
1.4K
shares
shares
नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले एक महिनाका लागी निःशुल्क भिसा पाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरेका हुन ।
सरकारले सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ। आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपलब्ध गराइने छ,’ मन्त्री पौडेलले भनेका छन्।
उनले निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने बताए।































