सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारीको नाम दिँदा स्थानीय असन्तुष्ट
वि.सं.२०७८ जेठ १६ आइतवार
shares
काठमाडौँ।सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारीको नाम दिँदा ताप्लेजुङ बासी असन्तुष्ट भएका छन् । सुकेटार नाम प्रति आफूहरूलाई गर्व भएको बताउँदै उनीहरूले विरोध गरिरहेका छन् ।
बजेट भाषण लगत्तै नेकपा माओवादी ताप्लेजुङका अध्यक्ष विजय प्रकाश वनेमले सुकेटार विमान स्थलको नाम परिवर्तन गरी रवीन्द्र अधिकारी स्मृति विमान स्थल नामाकरन गरिएको प्रति सार्वजनिक रूपमा खेद प्रकट गरेका थिए । उनले यस सम्बन्धमा योगेश भट्टराईको समेत धारणा माग गरेका थिए ।
ताप्लेजुङ सुकेटार विमानस्थलका बारेमा भट्टराईले पनि मुख खोलेका छन् । उनी भन्छन्
ऐतिहासिक रूपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरूको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा व्यापक छलफल र विमर्ष गरी सहमति निर्माण गर्नु पर्दछ । यसरी मात्र सहभागिता मूलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भने मात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनाबमात्र झेल्नु पर्दछ ।































