प्रवण चलचित्रकर्मी सम्मान अन्तर्गत राष्ट्रिय व्यक्तित्व तथा श्रस्टा सम्मान २०७८ बाट सम्मानित 

2.3K
shares

“राष्ट्रलाई पुरयाएको उलेखनीय योगदान, बिशिस्ट व्यक्तिव तथा श्रस्टालाई बिशेष सम्मान” नाराका साथ राष्ट्रिय व्यक्तित्व तथा श्रस्टा सम्मान २०७८ कार्यक्रम भव्यताका साथ विभिन्न छेत्रमा उल्लेखनीय कार्य गरेका राष्ट्रिय व्यक्ति तथा श्रस्टा लाई सम्मान प्रदान गरियो, रिबन इन्टरटेनमेन्ट प्रा लि को आयोजना रहेको कार्यक्रम प्रमुख अतिथि गणतन्त्र नेपालको प्रथम उप राष्ट्रपती परमानन्द झा, बिशिस्ट अतिथि नेपाली चलचित्रको प्रथम नायिका भुवन चन्द बिशेष अतिथि प्रताब बाबु तिवारी महाप्रबन्धक त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल र कार्यकम संयोजक निशु कान्त झा रहनु भयको थियाे।

नायक तथा मोडेल को रुपमा नेपाली चलचित्र यबम म्युजिक भिडियो बिगत लामो समय देखि सक्रिय रहदै आउनु भयका प्रवण भुसाल ले लुकामारी, यके ४७ , मन्दिर , घनचक्कर जस्ता विभिन्न सफल चलचित्रमा सार्थक कलाकार को रुपमा अभिनय गरिसक्नु भयको र दर्जनौ म्युजिक भिडिओ र अढाई दर्जन विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डका बिज्ञापनमा पनि मोडेल को रुपमा सफल अभिनय गरेर नेपाली चलचित्र, म्युजिक भिडिओ तथा बिज्ञापनमार्फत आफुलाई अब्बल दर्जाको नायकको रुपमा स्थापित गरिसक्नु भयको ।

यसरि सफल नायक को रुपमा उहाले पुराउनु भयको योगदानको उच्च मुल्यांङ्गक गर्दै उहालाई चलचित्रकर्मी सम्मान अन्तर्गत राष्ट्रिय व्यक्तित्व तथा श्रस्टा सम्मान २०७८ बाट सम्मान गरियको हो। उक्त कार्यकम मा गणतन्त्र नेपालको प्रथम उप राष्ट्रपती परमानन्द झा र नेपाली चलचित्रको प्रथम नायिका भुवन चन्द को बहुली बाट प्रमाण पत्र प्रदान गरियको थियो। ढिलो चाडो भय पनि आफ्नो प्रतिभाको कदर गर्दै सम्मानित हुदा अझ धेरै जिमेवारी बढेको अनुभूति भयको बताउनु भयो।

उक्त कार्यक्रम मा नेपाली चलचित्र छेत्रका बाक्लै उपस्थिति रहेको थियो, नेपाली चलचित्र नायक धिरन शाक्य, निर्देशक सुदर्शन थापा, संगीतकार अर्जुन पोखरेल, लगायतका एक दर्जन विभिन्न श्रस्टा लाई सम्मान गरियको थियो।

civil hospital
Hams Hospitals