नेपालमा ‘कोकिन’को खपत बढ्दै
वि.सं.२०७८ भदौ १५ मंगलवार
9.9K
shares
shares
काठमाडौं । नेपालमा लागूऔषध ‘कोकिन’को खपत बढ्न थालेको छ । बोलिभिया, पेरुजस्ता मुलुकमा उत्पादन हुने कोकिनको प्रयोग पछिल्लो समय नेपालमा बढ्न थालेको हो ।
विदेशी तस्करहरूको गिरोहले ब्राजिलको साउपालो एयरपोर्ट हुँदै भारत र यूएईमार्फत नेपाल ल्याउने गरिएको लागूऔषध कोकिन अत्यन्तै महँगोमध्येको लागू पदार्थमा पर्छ ।
यो पदार्थ विगतमा भने नेपाल हुँदै भारत निर्यात हुने गरेको नेपाल प्रहरीको आँकडाले देखाउँछ । तर, पछिल्लो केही समययता भने यो पदार्थको बरामद घटेको तर नेपाली बजारमा नै खपत बढेको प्रहरी अधिकारी बताउँछन् । राजधानी दैनिकमा समाचार छ।
Subscribe
0 Comments
Oldest
































