प्रविधिमा ट्राफिक प्रहरीको फड्को

11.1K
shares
Nabil bank

पछिल्लो समयमा स्मार्टफोनमै क्यूआर कोड स्क्यानरको सुविधा उपलब्ध हुन थालेको छ । यसले यो प्रविधिको प्रयोग सजिलो र सुविधाजनक भएको छ ।

यस्तै, ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी साधन चलाउनेविरुद्ध रातको समयमा पनि कारबाही सुरु गरेको छ । रातको समयमा तीव्र गतिमा सवारीसाधन सञ्चालन गर्दा दुर्घटना बढ्न सक्ने भन्दै महाशाखाले ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरी जाँच अभियान थालेको हो ।

महाशाखाका अनुसार कोटेश्वर–सूर्यविनायक सडक तथा चक्रपथ क्षेत्र र चौडा भएका सडकमा सो अभियान थालिएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले पछिल्लो समयमा चौडा सडकखण्डमा बढी दुर्घटना हुने गरेको देखिएकाले लेजर गनको प्रयोग गरी गति नियन्त्रण अभियान सुरु गरेको जानकारी दिए ।

त्यसो त ट्राफिक प्रहरीले लामो समयदेखि दिउँसोको समयमा तीव्र गतिमा सवारी चलाउने ३५-४० जना चालकलाई लेजर गनमार्फत कारबाही गर्दै आएको छ । सो अभियान प्रभावकारी भएपछि रातको समयमा पनि सुरु गरिएको हो । भट्टराई नाइट भिजन लेजर स्पिड गनको प्रयोगले तीव्र गति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिए । राजधानी दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x