त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता
वि.सं.२०७८ असोज ८ शुक्रवार
20K
shares
shares
चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । एक जना घाइते भएका छन् ।
काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार गए राति इच्छाकामना–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूलीमा खसेको हो ।
कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बेपत्ता हुनेमा पोखरा–१७ कै ६० वर्षीय प्रेमबहादुर भुजेल, ५५ वर्षीय लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी रहेको प्रहरीले जनाएको छ । उनीहरुको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् ।
Subscribe
0 Comments
Oldest
































