९५ लाख नेपाली रुपैयाँसहित दुई भारतीय नागरिक प्रहरीकाे नियन्त्रणमा

11.9K
shares
Nabil bank

काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

चितवनबाट काठमाडौं आउँदै गरेका उनीहरुको साथबाट स्रोत नखुलेको ९५ लाख बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

पक्राउ पर्नेमा भारत घर भएका सागर माली र कृष्ण अढाडे छन् । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

ग १ ख ६६४५ नम्बरको हाइस ८ र ९ नम्बर सिटमा बसेका उनीहरुको झोला चेकजाँच गर्दा सो नगद फेला परेको थियो ।

सो रकम अवैध हुन्डी कारोबारको हुनसक्ने एसएसपी अशोक सिंहले बताए ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x