४१.८४ अंकले बढ्यो नेप्से

11K
shares
Nabil bank

काठमाडौं साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा करेक्सन भएको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार मंगलबार बजार ४१ दशमलव ८४ अंकले बढेको हो।

एक दशमलव ६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक दुई हजार ६१२ दशमलव ६५ अंकमा उक्लिएको छ। सेयर बजारमा मंगलबार करेक्सन देखिए पनि कारोबार रकम भने निराशाजनक रह्यो ।

नेप्सेका अनुसार मंगलबार शिखर इन्स्युरेन्सको संस्थापक सेयरको उच्च कारोबार भएको छ। शिखरको १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको हो।

सबैभन्दा धेरै फाइनान्स समूह चार दशमलव १६ प्रतिशत अर्थात् ८६ दशमलव ९८ अंकले बढेको छ। ट्रेडिङ समूह ५६ दशमलव ०५ अंकले घटेको हो। अरु बाँकी सबै समूहमा हरियाली छाएको छ।

बजारमा करेक्सन आएको दिन मंगलबार विभिन्न सात कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। मल्टिप्रप्रोज फाइनान्स, समता घरेलु लघुवित्त र हिमालय पावरको सेयर मूल्य १०.१० प्रतिशतले बढेको हो।

त्यसैगरी, मैलुङ खोला जलविद्युत् नौ दशमलव ९७, सिभिल लघुवित्त नौ दशमलव ०४, छ्याङ्दी हाइड्रोपावर नौ दशमलव ८९ र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले बढेको हो।

त्यसैगरी, एनआईसी एसिया लघुवित्त १० प्रतिशत, रिलायन्स लाइफ तीन दशमलव ३२ प्रतिशत र माउन्टेन इनर्जीको सेयर मूल्य तीन दशमलव ३० प्रतिशतले घटेको हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x