जादेखि सबै राजनीतिक शक्ति अटाउने व्यवस्था आवश्यक : कमल थापा

638
shares
Nabil bank

 

सर्लाही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले राजादेखि सबै राजनीतिक शक्तिहरू अटाउन सक्ने राजनीतिक प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति सर्लाहीले बिहीबार साँझ सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समिति सर्लाहीको सभा हलमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले मुलुकमा राष्ट्रिय मेलमिलाप, सुशासन र राजनीतिक स्थायित्वको आवश्यकता रहेको बताए ।उनले धर्मनिरपेक्षता र गणतन्त्रकै बाटोबाट अघि बढ्न खोजे नयाँ उदयमान राजनीतिक शक्तिहरू पनि असफल हुन अस्वाभाविक नहुने धारणा व्यक्त गरे । नयाँ राजनीतिक शक्तिहरूलाई समेत आफ्नो विचार र सिद्धान्तबाट विचलित नभई अघि बढ्न उनले आग्रह गरे ।

थापाले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई विगतका त्रुटि र कमजोरी सच्याउँदै अघि बढ्न आग्रह गरे । त्यसैगरी, नयाँ उदयमान शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी तथा त्यसका नेता बालेन्द्र शाह र रवि लामिछानेलाई पनि पुराना राजनीतिक दलहरूको कमजोरीबाट पाठ सिक्दै सबै नेपाली अटाउने नयाँ राजनीतिक प्रणाली निर्माणको दिशामा अघि बढ्न सुझाव दिए ।

उनले २०३३ सालमा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्किएको प्रसङ्ग स्मरण गर्दै अहिले पनि मुलुकमा राष्ट्रिय मेलमिलापको आवश्यकता रहेको बताए ।‘अब कसैलाई निषेध गरेर होइन, राजादेखि सबै राजनीतिक शक्तिहरू अटाउने राजनीतिक प्रणाली कायम गरेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘सबै मिलेर देशमा सुशासन कायम गरौँ, प्रजातन्त्र वा लोकतन्त्रलाई बलियो बनाऔँ र नेपाली जनताको चाहनाअनुसार आर्थिक समृद्धिको लक्ष्य हासिल गरौँ ।’

थापाले मुलुकको हितका लागि सबै राजनीतिक शक्तिबीच सहकार्य, सहयोग र सद्भाव आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि सबै पक्षलाई अग्रसर हुन आग्रह गरे ।

कार्यक्रममा उनले पार्टी संगठनलाई थप बलियो बनाउन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए । पार्टीको संगठन विस्तारका लागि सक्रिय सदस्यको संख्या बढाउनुपर्नेमा जोड दिँदै उनले संगठन निर्माणमा जुट्न कार्यकर्तालाई आग्रह गरे ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x