नबिल बैंकले ल्यायो “नयाँ लुगा” नामको सन्देशमुलक दसैँको भिडियो
वि.सं.२०७८ असोज २५ सोमवार
shares
काठमाडौं । नबिल बैंकले गत साल जस्तै यो वर्ष पनि दशैँको नयाँ भिडियो सार्वजनिक गरेको छ। उक्त भिडियो नेपालीहरूको महान् चाड दशैँ मनाउन सहरमा बसोबास गर्ने र दसैँ मनाउन गाउँ फर्कने नेपालीहरूको आत्मकथामा कथामा आधारित छ।
भिडियोमा एक जना पुरुष सहरमा जागिर गर्दछन्। घरबाट नयाँ कपडा ल्याइदिनु भनेर उक्त पुरुषको सानी छोरीको फोन आउँछ । दसैँमा छोरीको नयाँ कपडा किनेर त्यो सानी नानीको बाबा छोरी एवं श्रीमतीको खुसीका निम्ति दशैँको बिदामा गाँउ फर्किन्छन् । फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनि खुसीको लागि उनि रात भरी हिँडेर गाउँ पुग्दछन ।
घर पुग्दा छोरी, आमा अनि छोरीको साथी समेत सबै जना खुसी भई दसैँ मनाउने तयारी गर्दछन् र अब जागिर खान सहर जाने होइन,गाँउमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ । यो कथालाई भिडियोमा निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।
यसै गरी दसैँको यस भिडियोले सकभर दसैँमा आÏनो परिवार सँग भेटी सुरक्षित साथ खुसी साटासाट ग©नौ भन्ने सन्देश सरल ढङ्गले दिएको छ ।
भिडियो हेर्न लिंकमा जानुहोस्:
https://youtu.be/p8zsDtiJwDY


























