सिटिजन्स बैंक लुट्ने प्रयास गर्ने तीन जनालाई पक्राउ

मोरङ । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सियामा बैंक लुट्ने प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सिटिजन्स बैंकको कर्सिया शाखामा सोमबार दिउँसो रकम लुट्न खोज्ने समूहलाई सुरक्षागार्डले रोक्ने क्रममा लुटेरा समूहले गोली चलाई फरार रहेकामा तीनजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार गोली लागी घाइते भएका गार्डको अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro