काेभिड-१९ अपडेट : ४५५ संक्रमित थपिए , ८ काे मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (शुक्रबार) गरिएको कूल ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ४७ जना, ललितपुरमा ४९ र भक्तपुरमा २० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ८०४ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख ७९ हजार १५४ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार २६९ जनाको मृत्यु भएको छ ।

देशभर हाल १३ हजार ८५३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १२ हजार ७९१ जना होमआइसोलेसनमा, १ हजार ६२ जना संस्थागत आइसोलेसनमा, ३१० ना आईसीयू र १०५ जना भेन्टिलेटरमा रहेका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro